दफा २५
उपाध्यक्षको अयोग्यता
देहायको व्यक्ति उपाध्यक्षको पदमा नियुक्ति हुन सक्ने छैन:-
(क)   गैर नेपाली नागरिक,
(ख)   दामासाहीमा परेको,
(ग)   मानसिक सन्तुलन ठीक नभएको,
(घ)   भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध बिक्री वितरण वा ओसार पसार, राहदानी दुरुपयोग, जबरजस्ती करणी वा नैतिक पतन देखिने अन्य कुनै फौजदारी कसूरमा अदालतबाट कसूरदार ठहरिएको,
(ङ)   प्रचलित कानून बमोजिम कालो सूचीमा परी त्यस्तो सूचीबाट फुकुवा भएको तीन वर्षको अवधि पूरा नभएको,
(च)   पैँतालीस वर्ष उमेर पूरा नभएको,
(छ)   नेपालको संविधानको धारा २९१ बमोजिम नियुक्ति हुन अयोग्य भएको।